समाचार

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

By खबरहब

September 22, 2024

वासिङटन – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी भएका छन् ।

समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी छन् ।

प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।