प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् ।

उक्त समिटको उद्घाटनसत्रमा सहभागी भएपछि आयोजित छलफलसत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका हुन् । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी योजनाबारे छलफलमा सहभागी सदस्य राष्ट्रका मन्त्री र प्रतिनिधिले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्यसअघि, प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले समिट अफ द फ्युचरमा भाग लिएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यक्षता गरेको अन्तरक्रियात्मक सत्रमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : ४८ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन