यी भूभागमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

यी भूभागमा वर्षा र हिमपातको सम्भावना


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

आजदिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ६ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ३० बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६