ललितपुर महानगरले नदी किनारामा थुप्रिएको फोहर सफा गर्दै | Khabarhub Khabarhub

ललितपुर महानगरले नदी किनारामा थुप्रिएको फोहर सफा गर्दै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ ।

नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए । शनिबार बिहान ७ बजेदेखि फरक फरक ठाउँबाट अभियान सुरु हुने उनको भनाइ छ ।

फोहर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सङ्घ ललितपुर, सहकारी सङ्घ ललितपुरलगायत विभिन्न सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरको सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे । उनले क्षतिको यकीन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरे ।

महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

ललितपुर महानगरका वडा नं ५, ६, १२, १५, १६, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । बाढीले नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ५६ बजे

धानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक

दुई सय दश जना किसान सम्मानित

नुवाकोट – ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना

एनपीएल खेल्न नेपाल आए इंग्ल्याण्डका सेफ अली

काठमाडौं – नेनेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्समा आवद्ध

विजयले सुरु गरे ‘लाज शरणम्’को छायांकन

काठमाडौं – पूर्ण बहादुरको सारङ्गी फेम्ड विजय बरालले ‘लाज शरणम्’को

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। गोदावरी