एएफसी च्याम्पियन्स लिग : अल हिलालको तेस्रो जित « Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल हिलालको तेस्रो जित


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युएईको क्लब अल ऐनलाई ५–४ गोलले हराउँदै अल हिलालले जित निकालेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिकरेनान लोडीले एक–एक गोल गरेका थिए । यस्तै, अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।

खेलको ८२औँ  मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो ।

यस खेलमा अल हिलालका नेइमारले एक वर्षपछि कमब्याक गरेका थिए । इन्जुरीका कारण एक वर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औँ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलाल ३ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको अल ऐनको एक अंक छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : १७ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको