सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै « Khabarhub

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक बिहान साढे ११ बजे सभामुखको कार्यालयमा बस्नेछ ।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । अधिवेशन नभएको अवस्थामा माननीयहरू जिल्ला बाहिर हुने र समितिको कोरम पु¥याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका थिए ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा विधेयक रहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : ५९ बजे

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले