असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित | Khabarhub Khabarhub

असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।

कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति गरेको हो ।

कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे । उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताइन् । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति गरेपछि निराश बनेको उनको गुनासो छ ।

पर्वतमा गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान गरेको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्ने अनुमान गरिएको भए पनि असिनापानीले क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति गरेको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने उनको भनाइ छ । किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उनले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : १६ बजे

कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन

धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या

काठमाडौं- टिकटक हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं– स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनः स्थापनामा योगदान पुर्‍याउने

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक