स्वास्थ्य बिमामा आकर्षण बढ्दै | Khabarhub Khabarhub

स्वास्थ्य बिमामा आकर्षण बढ्दै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गलकोट – स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो ।

यहाँको  धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागू भएकाले बिमामा आबद्ध हुनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए। 

पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष छन् ।

‘स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्’, पौडेलले भने, ‘क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।’

दुई लाख ४९ हजार दुई सय ११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य रु सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

 बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : १० बजे

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको

माथिल्लो तामाकोशी पुनर्निर्माणमा २ अर्ब ५० करोड लाग्ने

काठमाडौं– दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पताल नजिकै

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक 

गलेश्वर– चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको

फिल्म निर्माणमा सलोन, ‘रंगी’को छायाङ्न सुरु

काठमाडौं- नायक सलोन बस्नेतले फिल्म निर्माणमा हात हालेका छन् ।