५० वर्षअघि फाखेलबाट न्युयोर्क पुगेका इन्द्र तामाङको ‘आत्मकथा’  « Khabarhub

५० वर्षअघि फाखेलबाट न्युयोर्क पुगेका इन्द्र तामाङको ‘आत्मकथा’ 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको हिमालयन रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा तामाङको आत्मकथा माई क्युरियस इअर्स विथ ‘चार्ल्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ’ लोकार्पण गरिएको हो।

आइतबार वाणिज्यदुत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक विमोचन गरेका हुन्। अक्टोबर ९ मा लेखकसँग हस्ताक्षर कार्यक्रमसमेत भएको थियो। लेखकले नेपालीलाई इमानदार तथा सङ्घर्षशीलको रुपमा विश्वमा चिनाउने काम गरेको उल्लेख गर्दै वाणिज्यदूत अधिकारीले पुस्तकले धेरैलाई प्रेरणा दिने बताइन्।

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले काठमाडौंदेखि अमेरिकासम्म बसाइका क्रममा इन्द्रका अनुभवहरू आत्मकथामा सँगालेको बताए। 

सामाजिक अभियन्ता शशांक लामाले लेखक इन्द्रले आफ्ना इच्छा र चाहनाहरूलाई दबाएर चार्ल्स हेनरीफोर्ड र चार्ल्सकी बहिनी नायिका, मोडल रुथलाई सेवा गर्नु ठुलो योगदान भएको बताए। 

चार्ल्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकला तथा फोटोग्राफी सिकेका थिए। इन्द्रको जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन लेखक, गीतकार, सम्पादक रोमी एस्बीले साथ दिएका हुन्। टर्टल पोइन्ट प्रेसले बजारमा ल्याएको २ सय ६४ पेजको पुस्तकको मूल्य २४ अमेरिकी डलर रहेको छ। पुस्तक डिजिटल प्लेटफर्म अमाजोनमासमेत उपलब्ध रहेको प्रकाशकले जनाएको छ। 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : ५७ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध