तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम | Khabarhub Khabarhub

तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । 

‘जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ’, उनले भनिन्  ‘सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।’ जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उनले बताए। 

उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गरेका हुन् । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । 

तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०९ बजे

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना हो : प्रधानमन्त्री 

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं – नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को.

सिरियाली सेना भागेर पुगे इराक

बग्दाद– इराकले सिरियाली सैनिक र नागरिकहरूलाई समायोजन गर्न काम गरिरहेको

अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो दूरी बढेको

सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन

काठमाडौं – पछिल्लो समय सहकारी क्षेत्रमा बचत अपचलन समस्या बढ्दो