तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम « Khabarhub

तुलसीपुर उपमहानगरका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । 

‘जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ’, उनले भनिन्  ‘सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।’ जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उनले बताए। 

उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गरेका हुन् । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । 

तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०९ बजे

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट

दुई घण्टामा २०० जनाले मत हाले

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २००