वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भारतमा सम्मानित  « Khabarhub

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भारतमा सम्मानित 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराललाई भारतमा सम्मान गरिएको छ । 

भारतको इन्डियन सोसाइटी अफ मेडिकल एन्ड पेडियाट्रिक अंकोलोजी (आइएसएमपिओ) ले डा. बराललाई दिल्लीमा सम्मान गरेको हो । डा. बरालले क्यान्सर उपचारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारतको क्यान्सर सम्बन्धी ठूलो संस्थाले सम्मान गरेको हो । 

आइएसएमपिओले आयोजना गरेको क्यान्सर कन्फ्रेन्समा नेपालका डा. बराललाई अवार्डसहित सम्मान गरिएको हो । डा. बरालले अवार्ड र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको जानकारी दिए । क्यान्सर रोग विशेषज्ञ डा बरालले नेपालका विभिन्न अस्पतालसहित देशका विभिन्न स्थानमा पुगेर बिरामीको सेवा गरिरहेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. बरालले हजारौं क्यान्सरका बिरामीलाई नयाँ जीवन दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : २४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास