वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भारतमा सम्मानित  « Khabarhub

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भारतमा सम्मानित 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराललाई भारतमा सम्मान गरिएको छ । 

भारतको इन्डियन सोसाइटी अफ मेडिकल एन्ड पेडियाट्रिक अंकोलोजी (आइएसएमपिओ) ले डा. बराललाई दिल्लीमा सम्मान गरेको हो । डा. बरालले क्यान्सर उपचारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारतको क्यान्सर सम्बन्धी ठूलो संस्थाले सम्मान गरेको हो । 

आइएसएमपिओले आयोजना गरेको क्यान्सर कन्फ्रेन्समा नेपालका डा. बराललाई अवार्डसहित सम्मान गरिएको हो । डा. बरालले अवार्ड र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको जानकारी दिए । क्यान्सर रोग विशेषज्ञ डा बरालले नेपालका विभिन्न अस्पतालसहित देशका विभिन्न स्थानमा पुगेर बिरामीको सेवा गरिरहेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. बरालले हजारौं क्यान्सरका बिरामीलाई नयाँ जीवन दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : २४ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली