प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च | Khabarhub Khabarhub

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लामो समय सम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनले जनाएको छ ।  

युएनडिपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताएका छन् ।

सन् २०२३ को अन्त्यमा ३८.८ प्रतिशत रहेको गरिबीको दर यस वर्ष २.६१ मिलियन प्यालेस्टिनीहरू गरिबीमा पर्दा गरिबीको सङ्ख्या ४.१ मिलियनमा पुगेको जनाइएको छ ।  यो विनाशले प्यालेस्टाइनलाई विकासको  मार्गमा दशकौँ पछाडि पारेको स्टेनरले उल्लेख गरेका छन् ।

यो सँगै यो वर्ष प्यालेस्टिनी क्षेत्रमा बेरोजगारीदर ४९.९ प्रतिशतले बढ्ने र गाजामा जीडीपी ३५.१ प्रतिशतले कम हुने अध्ययनले जनाएको छ ।

उनका अनुसार प्रत्येक वर्ष मानवीय सहायता प्रदान गर्न सकिएमा प्यालेस्टिनी अर्थव्यवस्थालाई छिटै संकट मुक्त गर्ने सकिने सम्भावना भने अझै जीवितै छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’