रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग « Khabarhub

रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नौजना सांसदहरूविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने गरेका युवराज सफल पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काममा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।

पौडेलले रास्वपा सांसदहरूले पार्टीका कार्यकर्ताहरूलाई आन्दोलनका लागि पोखरामा अनिवार्य उपस्थितिको उर्दीसमेत जारी गरेकोले उक्त कार्य मुलुकी अपराध संहिताविपरित भएको  जिकिर गरेका छन् ।

जाहेरीमा उनले रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहितलाई विपक्षी बनाउँदै जाहेरी दिएका हुन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २६ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका