अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु तीन घाइते | Khabarhub Khabarhub

अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु तीन घाइते


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ऐन्जेन्सी पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रान्तको काराबाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको  विज्ञप्तिमा जनाइएको छ । विस्फोट हुँदा तीनजना बच्चाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुति सुरुङ र विस्फोटक अवशेषको विस्फोटमा कुल २९२ जनाको ज्यान गएको थियो ।  जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्फोटले आधिकांश बालबालिकासहित दर्जनौँ मानिसहरू आकस्मिक रुपमा मृत्यु तथा अपाङ्गताको सिकार हुन बाध्य छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ४६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’