भिस्ताराको जहाजमा बमको धम्की, त्रिभुवन विमानस्थलमा अवतरणपछि सेनाले सर्च गर्दै « Khabarhub

भिस्ताराको जहाजमा बमको धम्की, त्रिभुवन विमानस्थलमा अवतरणपछि सेनाले सर्च गर्दै


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत धम्की दिइएको थियो । सूचनापछि विमानका सबै यात्रुलाई बाहिर निकालिएको छ । अहिले विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।

विमानमा बम रहेको नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ४९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज