दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की, नेपालमा पनि असर | Khabarhub Khabarhub

दुई भारतीय कम्पनीका २० जहाजलाई बमले उडाउने धम्की, नेपालमा पनि असर


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय हवाईजहाज कम्पनीहरूलाई केही समययता लगातार बमले उडाइदिने धम्की आउन थालेको छ ।

भारतका चर्चित इन्डिगो र भिस्तरासमेत कयौँ कम्पनीका जहाजहरू बमले उडाउने धम्की आइरहेको हो ।

मंगगलबार मात्रै दुवै एयरलाइन्सका १०-१० जहाजलाई बमले उडाइदिने धम्की आएको हो ।

पछिल्ला केही दिनयता भारतीय एयरलाइन्सलाई निशाना बनाउँदै यस्ता धम्कीसहितका फोन र ईमेल लगातार आइरहेका छन् ।

इन्डिगो एयरलाइन्सले मंगलबार आफ्ना १० उडानमा धम्की मिलेको जनाएको छ । मुख्य गरी अन्तरराष्ट्रिय उडानका जहाजलाई बमले उडाउने धम्की आएको हो ।

कयौँ होक्स कलसहितका घटना जोड्दा यस साता यस एयरलाइन्सलाई आएका धम्कीको संख्या नै १०० भन्दा माथि पुगेको छ।

एयरलाइन्सका अनुसार बमको धम्की मिलेकामध्ये ६ई-६३ दिल्ली जेद्दाह, ६ई-१२ इस्तान्बुल-दिल्ली, ६ई-८३ दिल्ली-दम्माम, ६ई-६५ कोझिकोड-जेद्दाह, ६ई-६७ हैदराबाद-जेद्दाह, ६ई-७७ बेङ्गलुरु-जेद्दाह, ६ई-१८ इस्तान्बुल-मुम्बई, ६ई-१६४ मैङ्गलुरु-मुम्बई, ६ई-११८ लखनऊ-पुणे र ६ई-७५ अहमदाबाद-जेद्दाह रहेका छन् ।

एयरलाइन्स सूत्रले भारतीय सञ्चारमाध्मयलाई बताएअनुसार इन्डिगोसँगै भिस्तरा एयरलाइन्सका जहाजलाई पनि बमले उडाउने धम्की मिलेकोछ । सोमबार र मंगलवारको बीचमा यस्ता सुरक्षा चेतावनी आएका हुन् । यसले विमानस्थल र जहाजमा कडा सुरक्षा जाँच गर्नु परेको छ ।

भिस्ताराका प्रवक्ताले घटनाबारे अध्ययन भइरहेको बताएका छन् । सोमबार उडानमा रहेका भिस्ताराकाकेही जहाजलाई सामाजिक सञ्जालबाट सुरक्षा चेतावनी आएको हो ।

त्यसबारेमा कम्पनीले सुरक्षा अधिकारीहरूाई सतर्क गराएको उनले बताए । सुरक्षा अधिकारीको निर्देशन पालना गरेर सुरक्षा चेकजाँच गरेको उनले बताएका छन् ।

इन्डिगोले आफ्नो वक्तब्यमा यात्रु र चालक दलको सुरक्षामा गम्भीर रहेको बताएको छ । यसबारेमा सम्बन्धित अधिकारीसँग मिलेर काम गरिरहेको पनि उनले बताएका छन् ।

यसैबीच मंगलबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको भिस्ताराको जहाजमा पनि बम राखेको सूचना आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत उक्त धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

अहिले विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन् । यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् । त्यसको असर सिधा उडान रहेको नेपालमा पनि देखिएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : १३ बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु