सरकारविरुद्ध सडकमा माओवादी, जलाइयो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू) « Khabarhub

सरकारविरुद्ध सडकमा माओवादी, जलाइयो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

माओवादीको घोषित आन्दोलन बमोजिम क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरूले मंगलबार साँझ मसाल जुलुस निकालेका हुन् ।

सरकारको विरोध गर्दै माओवादी विद्यार्थीले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको छ।

माओवादीले विपद्‌ व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन आन्दोलन थालेको जनाएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २८ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको