सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान « Khabarhub

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएका छन् । 

अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए ।

द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उनले भने, ‘एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।’

जयशंकरले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गरे। उनका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

‘मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआईसेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्छन् भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने। 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ४५ बजे

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री