सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने « Khabarhub

सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो ।

जसमा जोरासहित नारायण जोशी, प्रतीष जिसी, राशिद खान, लोकेश बम, विवेक यादव र दिपेन्द्र रावत रहेका छन् । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् ।

५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ ।

नेपालले पहिलो खेल नोभेम्बर १ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् । पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका छन् ।

एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ५२ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक