कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी | Khabarhub Khabarhub

कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लागेकाहरू रोजगारी  सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको बताएका छन् । 

नेपाल किसान महासङ्घ जिल्ला समिति चितवनले मंगलबार आयोजना गरेको किसानसँग अन्तरक्रियामा अधिकारीले कृषकको समस्या समाधान गर्दै विदेश पलायन हुने समस्या रोक्नेगरी काम गर्न लागेको बताए। 

उनले भने, ‘किसान कर्म गर्नेहरू बाहिर जाने स्थिति र खाडीमा जानुपर्ने अवस्था नहोस् भनेर खाली जमिनको उपभोग गर्ने नीति सरकारले ल्याएको छ ।’ खाली जमिनमा माटो सुहाउँदा खेती गर्नेगरी मन्त्रालयले काम अघि बढाएको उनले बताए। 

मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार लागिपरेको स्पष्ट पार्दै कुनै पनि मन्त्रालय वा क्षेत्रमा कमजोरी गर्ने छुट यो सरकारलाई नभएको बताए। उनले दूधको आयात खोल्ने प्रक्रियामा सरकार नरहेको जानकारी दिँदै अहिले दुई ठूला दल सरकारमा रहेकाले कमजोरी गर्ने छुट कसैमा पनि नरहेको बताए । 

सङ्घका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक विष्णु अर्याल, गीता देवकोटा, किशोर बगाले, भरत घिमिरे, शिव शर्मा पौडेल, शालिग्राम पौडेल, परमजीवी ढकाल, विष्णुहरि पन्तलगायतले अहिले किसानले पाएका समस्या समाधान गर्न मन्त्रालय लाग्नुपर्ने जोड दिए ।

उनीहरूले किसानलाई दिइएको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको, विषादी नियन्त्रण गर्न नसकिएको, स्थानीय तहले जग्गा वर्गीकरण गर्दा जग्गाको उपयोगिता र आवश्यकतालाई ध्यान दिन नसकेको, नेपाली उत्पादनले बजार पाउन नसकेको जस्ता समस्या राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीप न्यौपाने, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गरेका थिए । उत्पादन हेरेर अनुदान दिनसके वास्तविक किसान लाभान्वित हुने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ७ : ३९ बजे

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ