भिस्तारा एयरको विमानमा भेटिएन बम, विमानस्थल खोलियो « Khabarhub

भिस्तारा एयरको विमानमा भेटिएन बम, विमानस्थल खोलियो


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत सावित भएको छ ।

विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।

विमानमा बम रहेको सूचना ह्वाटएपमार्फत आएको बताइएको छ । विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : १३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका