साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै « Khabarhub

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । 

मूल्य अभिवृद्धि करसहित १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरे। शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ । 

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ४५ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको