एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने « Khabarhub

एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ दल नेकपा एमालेले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा भनिएको सो कार्यक्रममा २ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । 

बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको थियो । तर, कारणवश १२ बजे मात्र शहीद गेटबाट जुलुस हिँड्ने तयारी भएको युवा संघका प्रवक्ता निरोज पौडेलको भनाइ छ । 

‘१२ बजे शहीद गेटबाट जुलुस सुरु भएर  दरबारमार्गमा आउँदा १ बज्छ । त्यसपछि उद्‌घाटन कार्यक्रम सुरु हुन्छ । पौडेलले खबरहबलाई भने, ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री ज्यूले सम्बोधन गर्ने तालिका २ बजे पछाडि छ ।’ 

 सभामा ओलीपछि र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । यस्तै अन्य नेताहरू पनि बोल्ने छन् । अहिले कार्यक्रम स्तर दरबारमार्गमा कार्यकर्ताको हल्का चहलपहल छ । 

दरबारमार्गको मुख्य चोकबाट नारायणहिटीसम्म कुनै पनि सवारी साधन आवतजावत गर्न दिएको छैन । एमालेले असोज ३ गते संविधान दिवसमा पनि प्रधानमन्त्री ओलीकै इच्छामा कन्सर्ट गरिएको थियो । सभामा भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट १ लाख मान्छे उपस्थित हुने एमालेको दाबी छ । 

सभामा ओलीले चौतर्फी घेराबन्दी भएपछि आफ्ना कुराहरू राख्ने योजना छ । सरकारका राम्रा काम, निर्णय र भावी योजनालाई कार्यान्वयन गराउन सडकमा गएर जनमत जाँच्ने र पार्टी पङ्क्तिलाई पनि जानकारी गराउने तयारी छ । 

यस्तै, आज नै काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ११ : २३ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे