सरकार सडकमा निस्किँदा काठमाडौं अस्तब्यस्त (तस्बिरहरू) « Khabarhub

सरकार सडकमा निस्किँदा काठमाडौं अस्तब्यस्त (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता जगाउन भन्दै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सडकमा निस्किँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ ।

गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसारको परिणाम दिन नसकेको भनेर चर्को आलोचना भइरहँदा प्रतिरक्षाका लागि एमाले सडकमा उत्रिएको हो ।

एमालेलले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा नाम दिएर कार्यकर्ता उतार्दै गर्दा बिहानैदेखि आसपासका मुख्य चोकमा सवारी व्यवस्थापन अस्तब्यस्त भएको छ।

अनामगरदेखि दरबारमार्गसम्म आइपुग्नै ४५ मिनेट बढी समय खर्चिनुपरेको छ। एमालेको जागरण सभाले लैनचौर, ठमेल, अनामनगर, माइतीतघर , ज्ञानेश्वर, मैदीदेवी, नक्साल, लाजिम्पाटसहितका मुख्य क्षेत्रको सवारी अस्तब्यस्त भएको हो ।

नारायणहिटी संग्रहालयअगाडि दरबारमार्गको मुख्य सडक छेकेर एमालेले सभा गर्न लागेपछि ट्राफिक प्रहरीलाई आसपासको सवारी व्यवस्थापन मिलाउन मुस्किल परेको छ ।

तस्बिरहरू : केशव सावद/विजय देवकोटा

 

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ०८ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध