चिसोमा हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस् ! « Khabarhub

चिसोमा हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस् !


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कात्तिक लागेसँगै चिसो बढिरहेको छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ ।

कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।  चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन ।

कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।

यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।

हिटर बाल्दा यी कुरामा ध्यान दिनु होस्

– कहिले पनि बन्द कोठामा  हिटर नबाल्ने ।

– हिटरलाई बेलाबेलामा बन्द गर्ने ।

– राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गरेर मात्र सुत्ने ।

– बालबालिकाको पहुँच पुग्ने ठाउँमा हिटर नराख्ने ।

– हिटर बाल्दा  छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्त नली फुट्नेजस्ता समस्या देखा पर्न सक्छ, त्यसैले पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्न सकिन्छ ।

– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन ।

– दीर्घ रोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या बढ्न सक्छ ।

– बन्द कोठामा हिटर अन गरेर हिँड्नु हुँदैन । यसबाट बाहिरिने कार्वनमाेनोक्साइड ग्यास हाम्रो लागि लागि निकै हानिकारक हुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ३६ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय