एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो « Khabarhub

एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न भ्रम फैलाइएको बताएका छन् ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउजाले अराजकता फैल्याएर देशलाई भड्खालोमा हाल्ने प्रयत्न भइरहेका बताए ।

विभिन्न खालका अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न एमालले सन्देश सभा आयोजना गरेको उनले स्पष्ट पारेका छन् ।

एमालेका नेता कार्यकर्ता देश बनाउने सङ्कल्पका साथ लागेका उनले स्पष्ट पारे ।

‘देशलाई समृद्धि बनाउन कसम आएर एमालेका नेता कार्यकर्ताहरू यो अभियानमा सामेल भएका छौँ, नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियानमा पूर्ण विराम लगाउन केही शक्ति लागेका छन्, त्यसका विरुद्ध यो जागरण सभा हो’, उनले भने ।

नेपाली जनतालाई कुनै पनि भ्रममा नपरी एमालेको पक्षमा लाग्न उनले आग्रह गरे । पपुलिजमको नारा लगाउने शक्तिको चुरीफुरी केही समय मात्र रहने बताउँदै उनले पपुलर कुरा गरेर मात्रै देश नबन्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : २४ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी