कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू « Khabarhub

कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् ।

एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै आफूलाई आरोप लगाउनेहरूलाई कम्बोडिया गएर खोज्न चुनौती दिएका हुन् ।

‘भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’

ओलीले केही मान्छेले हात्तीको बथानमा गएर नाङ्लो ठटाउने शैलीमा एमालेलाई जिस्काइरहेको बताए । ‘एमाले हात्तीको बथान हो, कसैले नाङ्लो ठटाउने कोसिस नगरे हुन्छ । एमाले अहिले एकतावद्ध छ’, उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन