कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी  « Khabarhub

कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्  ।

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले  नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त  रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र  यसका लागि सार्वजनिक निजी साझेदारी, साथै, कफी मूल्य शृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्  ।

मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।

उनले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त नीति  तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधिमा अनेक आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै  हाल कफी  बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको छ’ मन्त्री अधिकारीले भने ।

उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ०६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्