कृषि विकास बैंकले किसानलाई नै केन्द्रमा राखेर काम गर्नुपर्‍यो : उपप्रधानमन्त्री सिंह « Khabarhub

कृषि विकास बैंकले किसानलाई नै केन्द्रमा राखेर काम गर्नुपर्‍यो : उपप्रधानमन्त्री सिंह


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका छन् ।

उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताउनुभयो । बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए । ‘कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदै आएको छ’, उनले भने, ‘सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैंक बलियो बनाउन तर्फ लाग्नुपर्छ ।’

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात् कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थ मन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ३१ बजे

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

गण्डकी– बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका

सविन-अनुलाई पुत्रलाभ

काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन्

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका