आर्थिक अवस्था सुधारका उपाय खोज्न विज्ञहरूसँग कांग्रेसको संवाद « Khabarhub

आर्थिक अवस्था सुधारका उपाय खोज्न विज्ञहरूसँग कांग्रेसको संवाद


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले देशको आर्थिक अवस्था र सुधारका उपायबारे विज्ञ समूहसँग छलफल गरेको छ । कांग्रेस संसदीय दलले शुक्रबार नयाँबानेश्वर स्थित संघीय संसद् भवनमा ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ विज्ञहरूसँग छलफल गरेको हो ।

छलफलमा पूर्वअर्थमन्त्रीहरू, पूर्व अर्थराज्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसँगै निजी क्षेत्रतर्फ उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ र अर्थ विज्ञहरू सहभागी थिए ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’को छलफलमा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा उपस्थिति थिए ।

छलफलमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकहरू तथा सचेतक, कांग्रेस केन्द्रीय सदस्य एवं उद्योगी विनोद चौधरीलगायतको पनि उपस्थिति रहेको दलको कार्यालयले जनाएको छ ।

छलफलमा प्राप्त सुझावहरूलाई संसदीय दलको आगामी बैठकबाट पारित गरेर कार्यान्वयनका लागि सरकारलाई सुझावसहित अनुरोध गरिने प्रमुख सचेतक श्यामकुमार घिमिरे जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ४७ बजे

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि