नगराइनमा नगरसभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाएनन् « Khabarhub

नगराइनमा नगरसभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाएनन्


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको  नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ ।

पटक पटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमकुमार निधिले बताए । उनका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् ।

बडादसैँ, तिहार तथा छठ पर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिको भनाइ छ ।

‘भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन । पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ’, उनले भने ।

यहाँ नगरप्रमुख र उपप्रमुख फरक पार्टीका भएकाले सुरुदेखि नै समस्या हुँदै आएको छ । यहाँ नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि छन् । यस पटक पनि २०८१-८२ को नगरसभासमेत हुन सकेको छैन । नगरप्रमुख विजय यादवले नगरसभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउनसमेत नसकिएको बताए ।

उपप्रमुख राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा बस्न सकेको छैन । उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान दोहोर्‍याए ।

स्थानीय रामेश्वर यादवले नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको आन्तरिक विवादका कारण नगरपालिकाले समस्या भोगिरहेको बताए । आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्य ढोकामा ताला लगाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ३१ बजे

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को