आज २०८१ साल पुस ७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ७ गते आइतबारको राशिफल


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ७ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २२ तारिख। पौष कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ।

मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ। सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन सहज छ। आज गरेका काम दीर्घकालसम्म रहनेछन्। काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। सानो कुराले मनमा खटपटी भए पनि सञ्जनसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुम्ने अवसर प्राप्त होला।

तुला : एकादश भावमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। साना कुरामा अल्झिनुभन्दा महत्तवपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अढैया शनि भए पनि शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा चिसोले सताउने जोखिम छ। परिवारमा तपाईंलदे कर्तव्य पूरा गरेर अगाडि बढ््नुपर्ने दिन छ।

धनु : दिन राम्रो छ। धन आर्जन गर्ने समय आएको छ। सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ। कुनै सरकारी पदमा भए बढुवा हुनेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ।

मकर : दिन सामान्य छ। साथीभाइले आक्रामण गर्ने जोखिम छ। सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको पहुँचले काम बन्नेछ। धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा रोगको जोखिम बढ्नेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा गढबढी हुनेछ। साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ।

मीन : सुरुवाती साढेसात भएकाले सानातिना कुराले मनमा झन्झट बढ्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। खानपानमा समस्या हुने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३६ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक