पाको क्योकुशिनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले पाइन अन्तर्राष्ट्रिय पाँचौँ डान « Khabarhub

पाको क्योकुशिनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले पाइन अन्तर्राष्ट्रिय पाँचौँ डान


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाको क्योकुशिन कराते डो संघ नेपालको आयोजनामा बेल्ट एवम् प्रमाणपत्र वितरणका साथै रेफ्री सेमिनार कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल १९ नम्बर गण विशेष कार्यदल हलचोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनको प्रमुख आतिथ्यमा सिनामंगलस्थित ब्राइट फ्युचर एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय डान प्राप्त गर्ने खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यसरी प्रमाणपत्र प्राप्त गर्नेमा पाको क्योकुशिन करो डो सङ्घकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले व्ल्याकबेल्ट पाँचौँ डान प्राप्त गरेकी छन्।

व्ल्याकबेल्ट पाँचौँ डान प्राप्त गर्ने अन्य खेलाडीमा श्रवण आचार्य विष्णु थापा र जनार्दन घिमिरे रहेका छन्। यसैगरी ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त गर्ने खेलाडीमा शैलेन्द्रकुमार ठाकुर, दीपेन्द्र कुमार दास, प्रेमकुमार यादव र ओम प्रकाश महतो रहेका छन् भने ब्ल्याक बेल्ट दोस्रो डान प्राप्त गर्ने खेलाडीमा सुधीर पोदार, सूर्यनाथ यादव, गोपाल सिंह बस्नेत र सुजन काफ्ले रहेका छन्। यसैगरी ब्ल्याक बेल्ट पहिलो डान प्राप्त गर्ने खेलाडीमा अर्जुन थिङ, करिना मोक्तान, सुजन महर्जन, प्रेरणा मोक्तान सुमितकुमार साह, अमित पटेल, प्रवीण शाक्य, राजकुमार श्रेष्ठ, सुमन तामाङ, सुजाता काफ्ले, आस्था लामा र जस्मिन दंगाल रहेकी छन्।

सङ्घकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनको संयोजकत्वमा विभिन्न डोजोका २० जना प्रशिक्षक तथा रेफ्रीलाई रेफ्री सम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ०५ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट