सुटिङअघि नै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक « Khabarhub

सुटिङअघि नै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अगाडि नै सार्वजनिक भएको छ ।

निर्देशक अर्जुन सुवेदीले आइतबार प्रकाश र परीक्षा फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा यी दुई कलाकार भावुक मुद्रामा छन् ।

गत मंसिर दोस्रो सातामा यस फिल्मको निर्माण घोषणा, कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको थियो । त्यस समय पुस १५ बाट छायाङ्कनमा निस्कने निर्माण पक्षले बताएको थियो ।

फिल्ममा प्रकाश र परीक्षासहित विल्सनविक्रम राई, सुब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायतको अभिनय रहने छ । प्रदर्शन मिति भने २०८२ असोज ३ गतेलाई तोकिएको छ ।

छायाङ्कन मिति नजिकिएसँगै उनले पोस्टर सार्वजनिक गरेका हुन् । अर्थात् पोस्टर सार्वजनिक गरेर उनले छायाङ्नक निस्कने तयारी पूरा भएको संकेत गरेको बुझ्न सकिन्छ ।

यसै फिल्मबाट प्रकाश र परीक्षा पहिलोपटक सहकार्य गर्दैछन् । निर्देशक सुुबेदीका अनुसार भोजपुरका विभिन्न स्थानमा फिल्मको छायाङ्कन हुनेछ ।

यस फिल्मले जातीय भेदभाव र अमानीय व्यवाहारविरुद्धको कथा उठान गरेको निर्देशक सुबेदीको दाबी छ । फिल्मको लेखका निर्देशक सुबेदी र कुमार भट्टराई हुन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताह रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

सुबेदीकाे निर्देशन रहने यो दोस्रो फिल्म हो । यसअघि उनले ‘रंगेली’ निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५२ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको