दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार | Khabarhub Khabarhub

दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतमा चलिरहेका राजनीतिक दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक सरकारले अघि नबढाउने भएको छ।

संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन उक्त विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले आइतबार संसदीय समितिको बैठकमा ‘केही नेपाल ऐनमार्फत’ संशोधन गर्न लागिएको उक्त विधेय फिर्ता लिने बताएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव केही नेपाल ऐनको दफा ६४ मा गरिएको थियो ।

सशस्त्र द्वन्द्वसम्बन्धी घटनाका मुद्दा संक्रमणकाली न्याय (टीआरसी) सम्बन्धी आयोगमा ल्याउन सक्ने र अन्य मुद्दा पनि त्यही अनुरूप सम्बोधन गर्नुपर्ने भन्दै उक्त कानुनको विरोध भइरहेको थियो ।

कानुनमन्त्री चौरसियाले समितिको बैठकमा प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने जानकारी सांसदहरूलाई दिएका हुन् ।

विगतका सरकारले हाल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेताविरुद्धका मुद्दा फिर्ता लिने सहमति गरेका थिए ।

त्यसबेला मुद्दा फिर्ता लिन सम्बद्ध दलसँग सहमति पनि लिइएको थियो । सहमति कार्यान्वयनका लागि सरकारले केही नेपाल ऐनमा यस्तो व्यवस्था राखेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : १० बजे

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ