दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार « Khabarhub

दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतमा चलिरहेका राजनीतिक दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक सरकारले अघि नबढाउने भएको छ।

संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन उक्त विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले आइतबार संसदीय समितिको बैठकमा ‘केही नेपाल ऐनमार्फत’ संशोधन गर्न लागिएको उक्त विधेय फिर्ता लिने बताएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव केही नेपाल ऐनको दफा ६४ मा गरिएको थियो ।

सशस्त्र द्वन्द्वसम्बन्धी घटनाका मुद्दा संक्रमणकाली न्याय (टीआरसी) सम्बन्धी आयोगमा ल्याउन सक्ने र अन्य मुद्दा पनि त्यही अनुरूप सम्बोधन गर्नुपर्ने भन्दै उक्त कानुनको विरोध भइरहेको थियो ।

कानुनमन्त्री चौरसियाले समितिको बैठकमा प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने जानकारी सांसदहरूलाई दिएका हुन् ।

विगतका सरकारले हाल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेताविरुद्धका मुद्दा फिर्ता लिने सहमति गरेका थिए ।

त्यसबेला मुद्दा फिर्ता लिन सम्बद्ध दलसँग सहमति पनि लिइएको थियो । सहमति कार्यान्वयनका लागि सरकारले केही नेपाल ऐनमा यस्तो व्यवस्था राखेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : १० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन