शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो  « Khabarhub

शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो 


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो गएको छ । शेयर बजार साढे १३ अंकले घट्दा लो क्याप मानिएको विकास बैंक, फाइनान्स र ट्रेडिङ समूह बढी घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अंकले घटेर परिसूचक २५८३.२९ विन्दुमा पुगेको छ । आज नेप्से ०.५२ प्रतिशतले घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर कारोबार भएको छ ।

आज ८४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा ९ अंकले घटेर सूरु भएको शेयर बजार खुलेको केही समयमा हरियाली देखिएको थियो । तर बजार बन्द हुँदा भने बजारमा गिरावट आयो ।

आज बजारमा गिरावट आउँदा ३१९ वटा कम्पनी कारोबार आयो भने ५७ हजार ८६३ पटक शेयर किनबेच भयो । आज १३ वटा समूहमध्ये २ वटा समूह बढ्यो भने बाँकी ११ वटा समूह घट्यो ।

आइतबार हाइड्रोपावर समूह ०.६५ प्रतिशतले बढेर ३ हजार ४२४.३९ विन्दुमा पुग्यो भने उत्पादन तथा प्रशोधन समूह १.५७ प्रतिशतले बढेर ६ हजार ८१७.०२ विन्दुमा पुग्यो ।

आज सबैभन्दा बढी विकास बैंक समूह २.०५ प्रतिशतले घटेर ५ हजार ३४६.३३ विन्दुमा पुग्यो भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०१ प्रतिशतले घटेर ६ हजार ३९८.७९ विन्दुमा पुग्यो ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.८७ प्रतिशतले, फाइनान्स १.४९ प्रतिशतले, लगानी १.१८ प्रतिशतले, जीवन बीमा ०.८१ प्रतिशतले, लघुवित्त ०.३९ प्रतिशतले, म्युचुअल फण्ड ०.३५ प्रतिशतले, निर्जीवन बीमा ०.८२ प्रतिशतले, अन्य समूह ०.३७ प्रतिशतले र ट्रेडिङ समूह १.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : १८ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका