निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ | Khabarhub Khabarhub

निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित साई स्वागत सहकारी संस्थाको बचत रकम अपचलनबारे छानबिनका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइबार पक्राउ गरेको हो ।

साई स्वागत सहकारीका पूर्वअध्यक्ष जंगमलाई पक्राउ गरिएको पुष्टि काठमाडौं प्रहरीका एसपी एवम्प प्रवक्ता नवराज अधिकारीले गरेका छन् ।

उक्त सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल पनि कार्यकारी पदमा थिइन् । निकिता उक्त सहकारीको पूर्वउपाध्यक्ष थिइन् ।

जंगममाथि आइतबारदेखि नै अनुसन्धान अगाडि बढाइएको अधिकारीले खबरहबलाई बताए ।

हिनामिनापछि तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीलाई सञ्चालक समिति बनाएर उक्त सहकारीबाट निस्किएका थिए ।

सञ्चारकर्ममा रहँदा रविले भरत जंगम अध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

उनले चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलसँग विवाहको छेकोमा सहकारीबाट ५० लाख रुपैयाँ ऋण लिएको बताइएको थियो । रवि लामिछाने र निकिता पौडेलले ०७५ माघ ७ मा अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए । त्यसपछि नगरकोटमा पार्टी दिइएको थियो ।

अदालती विवाह गरेको चार महिनापछि अर्थात् जेठ ३ गते उनीहरूले नगरकोटको सुविधा सम्पन्न एक होटलमा उनीहरूले औपचारिक रूपमा विवाह गरेका थिए ।

उनीहरूको विवाह समारोहमा भव्य भोज आयोजना गरिएको थियो । साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिएको ऋणबाटै रवि–निकिताले नगरकोटको सुविधा सम्पन्न होटलमा विवाहमा भोज आयोजना गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ०९ बजे

तनावपूर्ण खेलमा आर्सनलको जित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा रिकार्डो

रविमाथि आज पनि थुनछेक बहस हुँदै  

बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

चेल्सीविरुद्ध सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक