एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए  (तस्बिरहरू ) | Khabarhub Khabarhub

एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए  (तस्बिरहरू )


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहिरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

स्वदेश फर्किएपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताए । उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरे ।

त्यस्तै महिला यु–१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु–१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताए ।

नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।

 हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २५ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका