एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए  (तस्बिरहरू ) « Khabarhub

एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए  (तस्बिरहरू )


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहिरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

स्वदेश फर्किएपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताए । उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरे ।

त्यस्तै महिला यु–१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु–१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताए ।

नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।

 हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २५ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा