राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने  « Khabarhub

राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने 


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इटहरी– शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत् विरोध सभा आयोजना गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनः स्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए।

उनले विरोध सभामा सहभागीहरूको ठूलो उपस्थिति हुने विश्वास व्यक्त गर्दै, सभा केवल सरकारको आलोचना गर्ने माध्यम मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने स्थल हुने बताए। राप्रपाले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा दृढता देखाउँदै विरोध सभामा विशेष ध्यान दिने योजना बनाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर