फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित « Khabarhub

फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।

फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्रले झापा–११ माथि ५–० गोलअन्तरको जित निकालेको हो । खेलमा हाबी देखिएको मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन ।

मच्छिन्द्रका लागि खेलको ११औँ मिनेटमा देवेन्द्र तामाङ, ३०औँ मिनेटमा उत्सव राई, पहिलो हाफको अतिरिक्त समयमा बिजु भुजेल, खेलको ७९औँ मिनेटमा सौरभ सुब्बा र ९०औँ मिनेटमा पुनः बिजु भुजेलले गोल गरेका थिए । जितसँगै मच्छिन्द्र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका बिजु भुजेल घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटवल क्लब, काठमाडौँ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । शनिबारदेखि सुरु भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ३० बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या