फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित « Khabarhub

फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।

फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्रले झापा–११ माथि ५–० गोलअन्तरको जित निकालेको हो । खेलमा हाबी देखिएको मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन ।

मच्छिन्द्रका लागि खेलको ११औँ मिनेटमा देवेन्द्र तामाङ, ३०औँ मिनेटमा उत्सव राई, पहिलो हाफको अतिरिक्त समयमा बिजु भुजेल, खेलको ७९औँ मिनेटमा सौरभ सुब्बा र ९०औँ मिनेटमा पुनः बिजु भुजेलले गोल गरेका थिए । जितसँगै मच्छिन्द्र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका बिजु भुजेल घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटवल क्लब, काठमाडौँ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । शनिबारदेखि सुरु भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र