३.९६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, युद्धग्रस्त युक्रेनबाट तेस्रो धेरै आयात « Khabarhub

३.९६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, युद्धग्रस्त युक्रेनबाट तेस्रो धेरै आयात


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले संकुचन आएको हो ।

विभागकाअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले आयातमा कमी आएको छ भने ६.११ प्रतिशतले निर्यातमा कमी आएको छ । समीक्षा अवधिमा नेपालमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको विभिन्न वस्तु आयात भएको छ भने ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रूपैयाँ बराबरको, पेट्रोल १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रूपैयाँ बराबरको र खाना पकाउने एलपी ग्यास १४ अर्ब ६ करोड ४४ लाख ५३ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

नेपालमा ३ महिनाको अवधिमा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको छ भने ७ अर्ब ९३ करोड १३ लाख ६६ हजार रूपैयाँ बराबरको युरिया मल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा सबैभन्दा धेरै सामग्री भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड बराबरको आयात भएको छ भने चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख ६५ हजार रूपैयाँ बराबरको आयात भएको छ । सोही अवधिमा नेपालले लामो समयदेखि रसियासँग युद्धमा फसेको मुलुकसँग तेस्रो स्तरको आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार समीक्षा अवधिमा नेपालमा युक्रेनमार्फत ६ अर्ब ५१ करोड ५८ लाख १६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । त्यसपछि नेपालले सबैभन्दा धेरै सामग्री आयात गर्ने मुलुकहरूमा चौथो अष्ट्रेलिया, पाँचौँ अर्जेन्टिना र छैटौँ अमेरिका रहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : ३८ बजे

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३