अफ्रिकन कपबाट बाहिरियो घाना « Khabarhub

अफ्रिकन कपबाट बाहिरियो घाना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २–२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको घाना यो बराबरीपछि ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा केप भेर्डेसँग २–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्डे र इजिप्ट दोस्रो चरणमा पुगेका छन् ।

तेस्रो स्थानमा रहेका शीर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट समूह ‘ए’ बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै छ ।

त्यस्तै, समूह ‘ए’ बाट गिनी बिसाउ तथा समूह ‘बी’ बाट घाना र मोजाम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

      

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : १३ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको