खोटाङमा सवारीसाधनको भाडादर घट्यो | Khabarhub Khabarhub

खोटाङमा सवारीसाधनको भाडादर घट्यो


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए ।

‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा तीन सय १० रुपैयाँसम्म घटाइएको छ’, उनले भने, ‘भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ ।’

बसमा दिक्तेल–खुर्कोट नौ सय ५०, दिक्तेल–काठमाडौँ एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको एक हजार, दिक्तेल–इटहरीको एक हजार तीन सय, दिक्तेल–धरान एक हजार तीन सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी एक हजार, दिक्तेल–मिर्चैया एक हजार एक सय, दिक्तेल–लहान एक हजार दुई सय, दिक्तेल–इटहरी एक हजार चार सय ५०, दिक्तेल–धरान एक हजार पाँच सय, दिक्तेल–विराटनगर एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ ।

दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा पाँच सय ५०, दिक्तेल–भोजपुर आठ सय, दिक्तेल–मानेभन्ज्याङ पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ छ सय, दिक्तेल–खोटाङबजार सात सय भाडादर तोकिएको छ ।

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको एक सय, हुर्लुङ एक सय ५०, नुनथला दुई सय, महुरे दुई सय ५०, अर्खौले तीन सय र हलेसी तीन सय ५० रुपैयाँ भाडा लिनुपर्ने जनाइएको छ ।

भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको दुई सय ५० र बिरामीसहित तीनजना भएमा तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ११ बजे

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति