माओवादीको विधान सम्मेलन : ‘बमवार्ड द हेडक्वार्टर’ को तयारी | Khabarhub Khabarhub

माओवादीको विधान सम्मेलन : ‘बमवार्ड द हेडक्वार्टर’ को तयारी



काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले फागुन १ देखि विधान सम्मेलन गर्दैछ । माओवादी नेताहरू यतिखेर सम्मेलनको तयारीमा जुटेका छन् ।

फागुन १ देखि ३ सम्म हुने सम्मेलनको तयारीका लागि विधानको मस्यौदा लेखन तथा अध्ययनको काम अन्तिम अवस्थामा पुगेको महासचिव देव गुरुङले खबरहबलाई बताए । गुरुङका अनुसार विधान सम्मेलनमा विधान पारित गर्ने तथा नीतिगत कुराहरूमा छलफल हुनेछ । राजनीतिक सांगठनिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

माओवादीको शब्दकोषमा एउटा पदावलि छ,‘बमवार्ड द हेडक्वार्टर’। चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिका बेला पार्टी नेतृत्वविरुद्ध चलेको अन्तरसंघर्षलाई यो पदावलिले सम्झाउँछ।

हुन त अहिले माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा बोल्न सक्ने आँट भएको नेता जन्मेको छैन । तर, प्रचण्डको कार्यशैलीविरुद्ध पार्टीभित्र ठूलो असन्तुष्टि गुम्सिँदै गएको छ । यो असन्तुष्टि विधान सम्मेलनमा प्रकट हुने संकेतहरु देखिएका छन् ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार २८ पुसमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको सात सदस्यीय मस्यौदा समितिले प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार हाल उनले त्यो मस्यौदालाई सानो टिम बनाएर केलाइरहेका छन् ।

विधान सम्मेलनमा माओवादीले गत महाधिवेशनले लिएको कार्यदिशालाई थप व्याख्या र छलफल गरेर परिमार्जन गर्ने माओवादी सचिव राम कार्की बताउँछन् । साथै विधानमा प्रस्ताव गरिएका कुराहरू छलफलमा जाने उनको भनाइ छ ।

कार्कीले खबरहबसँग भने, ‘गत महाधिवेशनले लिएको कार्यदिशाको बारेमा थप छलफल र परिमार्जन भएको छैन । महाधिवेशनले जुन लाइन लिएको थियो,त्यो लाइनमा पार्टी हिँडेको छ छैन, त्यसको समीक्षा हुन्छ ।’

माओवादीले पुस २०७८ मा महाधिवेशन गरेको थियो । त्यसमा कार्की र अध्यक्ष प्रचण्डले भिन्नाभिन्नै राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए । तर कार्कीको दस्ताबेज अध्ययन नगरी अध्यक्ष प्रचण्डले तयार गरेको दस्ताबेज पारित भएको थियो ।

रूपान्तरण अभियानको समीक्षा हुने
माओवादीले चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको थियो । विधान सम्मेलनअघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गर्ने भन्दै उसले भदौ १७ देखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो।

जनतासँग माओवादी विशेष अभियान भनेर ६ हजार ७ सय वडामा पुगेर माओवादीले चार महिने अभियान चलाएको थियो। विधान सम्मेलनमा रूपान्तरण अभियानको पनि समीक्षा हुने नेताहरुले बताएका छन् । साथै नेताहरुको कार्य विभाजनको विषयमा समेत छलफल हुने बताइएको छ । प्रवक्ता सापकोटाले भने, ‘अभियानको निर्मम समीक्षा हुन्छ।’

उनले खबरहबलाई भने, ‘हामीले चार महिने अभियानमा सबै जनतासँग भेटेर सल्लाह सुझाव, गुनासा र प्रश्न समेत लिएका छौ । यसलाई विधान सम्मेलनमा गम्भीर तरिकाले बहस गछौं ।’

चार महिने अभियान सकेर विधान सम्मेलनमा फर्किने घोषणा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले २१ साउन २०८० मा गरेका थिए । उनले भनेका थिए, ‘यो बैठकबाट निक्लँदै गर्दा यो भन्न सक्छौँ कि हामी एक ढिक्का भएका छौँ, विधि पद्दतिभन्दा बाहिर जाने छैनौं । माओवादी अब फेरि जाग्नेछ ।’

सबै केन्द्रीय सदस्यले धारणा राख्ने
महासचिव गुरुङका अनुसार विधान सम्मेलनमा माओवादी केन्द्रका सबै केन्द्रीय सदस्यको धारणा लिइने छ । माओवादी हाल तीन सय ७३ केन्द्रीय सदस्य छन् ।

गुरुङले भने, ‘सबै केन्द्रीय सदस्यको सुझाव राख्ने र घनिभूत छलफल गर्ने कार्यक्रम छ ।’

छलफल भएका विषयहरू सर्वसम्मत रूपमा पारित हुने कुरामा नेतृत्व ढुक्क छन् । तर, युवा पुस्ताले माओवादीका बारेमा विगतदेखि वर्तमान अवस्थाको विषयमा गम्भीर भएर सोच्न र सुझाव दिन माओवादी सचिव राम कार्की आग्रह गर्छन् ।

उनी भन्छन्, ‘कम्तीमा पनि माओवादीका युवा साथीहरूले समाजमा भएको कुरा जस्ताको त्यस्तै राख्न सक्नुपर्छ । जनताप्रति माओवादीमा चरम निराशा देखिएको छ ।’

नेतृत्व हस्तान्तरणको कुरा उठाउने दोस्रो तहका नेताको तयारी
प्रचण्डले २०४८ सालदेखि नै पार्टी एकलौटी ढङ्गले चलाउँदै आएका छन् ।
‘बाजेले मर्ने बेलामा ढुकुटीको चाबी सन्ततिलाई जिम्मा लगाएजस्तो स्ववेच्छाले नेतृत्व हस्तान्तरण कहीँ पनि हुँदैन । तल्लो तह र नयाँ पुस्ताले यसलाई रिप्लेस गर्न सक्नुपर्छ, माओवादीका एक पदाधिकारीले भने,’ चुनौती हटाएर अगाडि बढ्ने हो ।’

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको कुरा अघि बढ्ने माओवादी दोस्रो तहका नेताको भनाइ छ । यसमा पार्टी सचिव राम कार्की पनि सहमत छन् । उनी भन्छन्, ‘राजनीतिक घम्साघम्सी गर्न लाचार रहनु हुँदैन । आफ्ना विरोधी र आफ्ना उत्तराधिकारी पनि आफैंले चुन्ने परम्परा रहनुहुँदैन । म त कुरा उठाउने हो ।’

तर, विधान सम्मेलनमा तत्काल नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको कुरा नउठ्ने महासचिव गुरुङ बताउँछन् । उनले खबरहबसँग भने ‘व्यक्तिको र पात्रको विषयमा कुरा चल्दैन । विधि र विधान बनाउने कुरा हो ।’

तर,सम्मेलनमा नेतृत्वको विषयमा पनि बहस गर्ने अर्को धारको तयारी छ । महासचिव देव गुरुङको कार्यशैलीप्रति जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरु असन्तुष्ट छन् । त्यस्तै प्रचण्डसँग राम कार्की र जनार्दन शर्मा लगायतका नेताहरू असन्तुष्टछन् । उपाध्यक्ष नाराणकाजी श्रेष्ठ पनि प्रचण्डसँग सन्तुष्ट छैनन् ।

समय ७० वर्ष कटेका नेताहरू घ्यार घ्यार गरुञ्जेल नेतृत्वमा बसिनरहने चर्चा माओवादीभित्र विगत जनयुद्धकालदेखि नै चलेको थियो । तर, त्यसका लागि नेतृत्व अहिलेसम्म तयार नभएको पार्टी सचिव राम कार्कीले पटक–पटक कुरा उठाउँदै आएका छन् ।

प्रचण्डले अझै ७–८ वर्ष नेतृत्व छाड्ने कुरा नरहेको स्रोतको भनाइ छ ।यसअघि पार्टीका सबै तहमा २० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने भनिए पनि केन्द्रीय समितिमा १० प्रतिशत मात्रै आरक्षणको व्यवस्था गरिएको छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘अध्यक्ष प्रचण्डको नेतृत्व अझै ७–८ वर्ष निरन्तर रहन्छ ।’

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ४९ बजे

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई

आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

कार्नीले सम्हाले क्यानडाको सत्ता

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता

कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न

दुनाटपरीले प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्दै

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुनाटपरी उत्पादन सुरु गरिएको