नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै « Khabarhub

नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

“उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्ण रूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय भइसकेको छ”, नगरप्रमुख विष्टले भने, “त्यसलाई कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफलका साथै आवश्यक तयारी सुरु गरिएको छ ।”

सरोकारवाला निकायसँगको बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानि–नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।

“वैशाख १ देखि नगरको सार्वजनिकस्थल सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ, त्यसको सुरुवात उपमहानगरपालिका कार्यालयबाटै गर्छौं”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “प्रभावकारी कार्यान्वयनका लागि सचेतना प्रवद्र्धनसँगै तयारी अभियान सुरु गर्दैछौँ ।”

सरोकारवाला निकायसँगको छलफलमा नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले जनतालाई रोग लागिसकेपछि उपचारका लागि आर्थिक सहयोग दिनेभन्दा जनतालाई रोग लाग्नै नदिन सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्री वितरणमै रोक लगाउनु बुद्धिमानी हुने उल्लेख गरे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने