सेनाको फोटो तथा युनिट विशेष प्रदर्शन « Khabarhub

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शन


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने विशेष प्रदर्शनको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

माघ १३ गतेसम्म चल्ने प्रदर्शनमा हातहतियार र उपकरणहरु राखिएको छ । साथै, सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजलगायतका गतिविधिको सामग्रीहरुको प्रदर्शन गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शन समेत गरिएको सेनाले जनाएको छ ।

प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सेनाको विश्वास छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : २४ बजे

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को