सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवार छ : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवार छ : स्वास्थ्यमन्त्री बस्नेत


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्तिसहित उपलब्धिमूलुक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिएका हुन् । नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित खोप कार्यक्रमको वर्तमान अवस्थाप्रति उनले असन्तुष्टि जनाउँदै कामलाई सुधार गर्न जरुरी रहेको बताए ।

‘हाल ५२ प्रतिशत मात्रै पूर्ण खोप सुनिश्चितता भएका अवस्थामा यति गतिमा जाँदा सन् २०२६ मा लक्ष्य हासिल गर्न गाह्रो छ’, मन्त्री बस्नेतले भने, ‘परिणामुखी काममा मन्त्रालय सहजीकरणका लागि तयार छ’ । खोप सेवाले बालबालिकाको रोगदर, मृत्युदर र अपाङ्गताको दरमा कमी ल्याउने भन्दै उनले सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवारी रहेको बताए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले यसका लागि तीन वटै तहबीच समन्वयन हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आवश्यक रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले १६औँ पञ्चवर्षीय योजनामा खोपमा कसरी आत्मनिर्भर बन्ने सम्बन्धमा योजना समेटिएका बताए । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘आवश्यक खोप मुलुकभित्रै उत्पादन गर्नुको विकल्प छैन । सङ्कटको समयमा प्रणालीलाई सुदृढ बनाइ सवल बनाउनुपर्छ । मितव्ययिता अपनाएमा लक्ष्य प्राप्त गर्न कठिनाइ छैन तथ्याङ्क र अभ्यासमा एकरुपता हुनुपर्छ’, उनले भने । महाशाखाका निर्देशक डा विवेककुमार लालले हालसम्म ७२ जिल्ला र सात सय ३३ स्थानीय तह पूर्णखोप घोषणा भइसकेको जानकारी दिँदै सङ्ख्यामा मात्र नभइ गुणस्तरीयता कायम गर्न जरुरी रहेको बताए ।

महाशाखाले चार/पाँच वर्षको अन्तरालमा खोप अभियान सञ्चालन गर्दै आएको छ । खोप अभियान प्रभावकारी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ०५ बजे

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन