गाजामा २१ सैनिकको मृत्यु : इजरायली सेना « Khabarhub

गाजामा २१ सैनिकको मृत्यु : इजरायली सेना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

इजरायली सेनाले मङ्गलबार मध्य गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको जनाएको छ । इजरायली रक्षा बलले उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताएका छन् ।

आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समय अगावै विस्फोट निम्त्याएको र परिणामस्वरूप भवनहरू ढलेको जनाइएको छ । त्यसबेला सैनिकहरू भवनभित्रै वा त्यहाँ नजिकै थिए ।

सेनाले एक विज्ञप्तिमा मारिनेहरु २२ – ३७ वर्ष उमेरका जगेडा सैनिकहरू भएको बताएको छ ।

यो घटना अक्टोबर सातमा गाजामा हमासविरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : २० बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः